वैद्यले भने: लाजिम्पाट, महाराजगञ्ज र कोटेश्वरले भाका फेरे

काठमाण्डु टुडे २०७० भदौ ८ गते १२:२१ मा प्रकाशित

काठमाण्डु, ८ भदौ –  मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले उच्चस्तरीय राजनीतिक समितिसमक्ष सरकार विघटन र निर्वाचन मिति परिवर्तनसम्बन्धी आफ्नो मागमा पुनर्विचार गर्न आग्रह गरेको छ ।
mohan-baidyaसमितिसँग शनिबार भएको वार्ता विफल भएलगत्तै पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले मुलुक क्रमणकालीन जटिलतामा रहेकाले सहमतिमार्फत अघि बढ्नुको विकल्प नरहेको बताए । वैद्यले गोलमेच सम्मेलन गर्ने सहमतिबाट मुख्य दल पछि हटेको भन्दै आश्चर्य प्रकट गरे । ‘गोलमेच गर्ने सहमतिमा दुई दिन पनि टिक्न सक्नुभएन’ मुख्य चार दललाई वैद्यले भने, ‘एक्कासि तपाईंहरुका एजेण्डा अस्वीकार्य भनेपिछि हामी आश्चर्यमा परेका छौं ।’ सहमतिबाट पछि हट्ने रवैयाले चार दलको छविमा आँच आएको उनको भनाइ थियो ।

मुख्य चार दल वार्ता र संवादको प्रक्रियाबाट भागेको आरोप लगाउँदै वैद्यले आफूहरु वार्ताबाटै समस्याको निकास खोज्न प्रतिबद्ध रहेको दाबी गरे । ‘लाजिम्पाट, महाराजगञ्ज र कोटेश्वरले भाका फेरेकाले सहमतिमा बाधा खडा भयो’, वैद्यले भने, तर हामी अझै पनि वार्ता र संवादको प्रक्रियाबाटै समाधान खोज्न प्रतिबद्ध छौँ ।’ उनले ३३ दलीय मोर्चाको बैठक छिट्टै बसेर आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने  जानकारी उक्त अवसरमा दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us