
काठमाण्डु, ८ भदौ– नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता रविशंकरले राष्ट्रपति रामवरण यादव र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शनिबार भेटेका छन् ।
राष्ट्रपति यादवसँग शीतलनिवासमा भएको भेटमा शंकरले आसन्न संविधानसभा निर्वाचनको तयारी र समसामयिक राजनीतिक परिस्थितिबारे चासो राखेका थिए । जवाफमा राष्ट्रपति यादवले मंसिर चार गते हुने चुनावको तयारीबारे जानकारी गराउँदै त्यसमा भारतले पनि सहयोग गर्नुपर्ने बताएका थिए ।
यसैगरी प्रचण्डसँग लाजिम्पाटस्थित निवासमा भएको भेटमा पनि उनले चुनावको तयारीबारे चासो राखेका थिए । जवाफमा प्रचण्डले कुनै दल सहमतिमा नआए पनि चुनाव मंसिर ४ मै हुने स्पष्ट पारेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।