छुट्टा छुट्टै घटनामा चारजनाको मृत्यु

काठमाण्डु टुडे २०७० भदौ ८ गते ६:४६ मा प्रकाशित

काठमाण्डु, ८ भदौ– बारा र चितवनमा भएका छुट्टा छुट्टै घटनामा चारजनाको मृत्यु भएको छ । अन्य आठजना घाइते भएका छन् ।
बाराको नितनपुर २ स्थित भगवती स्टील प्रालिमा शनिबार विहान आगलागि हुँदा दुईजनाको मृत्यु भएको छ । आगलागिमा परी मृत्यु हुनेमा बाराको छातापिपराका २५ वर्षीय नरेश पासवान र भतौडाका २२ वर्षीय कन्हैया साहा रहेको प्रहरीले जनाएको छ । वेल्डिङको काम गर्ने क्रममा आगलागि भएको थियो । वीरगंजबाट मगाइएको वारुणयन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।
यसैगरी चितवनको फोक्सीङस्थित कच्ची सडकमा ट्रक दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । दुर्घटनामा परी मृत्यु भएकाहरुको नाम थर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा घाईते भएका सबैको मेडीकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।
शनिबार विहान साढे ७ वजे तामिमबाट मुग्लीङ तर्फ तरकारी बोकेर जाँदै गरेको ना २ ख ३००४ नम्वरको मिनी ट्रक ओभर लोडका कारण अनियन्त्रीत भई सडकबाट अन्दाजी १५ सय मिटर तल भिरमा खसेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us