हामीलाई बहुमत दिनुस्, हामी संविधान दिन्छौं: प्रचण्ड

काठमाण्डु टुडे २०७० भदौ ७ गते १५:१० मा प्रकाशित

पोखरा, ७ भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई बहुमत दिन मतदातालाई अपिल गरेका छन् ।

prachandaपार्टीनिकट तमु राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो सम्मेलनको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले विगतमा आफ्नो पार्टीको बहुमत नआउँदा संविधान नबनेकाले अबको निर्वाचनमा बहुमत दिन अपिल गरेका हुन् । आफ्नो पार्टीले बहुमत ल्याए मुलुकले संविधान र र स्थिर सरकार पाउने उनको भनाइ छ । उनले यसपटक पनि जाली फटाहा र सामन्तहरुले चुनाव जिते संविधान निर्माणमा भाँजो हाल्न सक्नेतर्फ सचेत रहन सबैलाई आग्रह गरे ।
विगतमा सहमतिका नाममा आफूहरु लचिलो बनेका कारण संविधान नबनेको चर्चा गर्दै उनले यसपटक विगतको गल्तीबाट सिकेर विवादित विषयको टुंगो मतदान प्रक्रियामार्फत लगाइने बताए । काँग्रेस–एमाले पहिचनसहितको संघीयताको विरोधमा खडा भएको र आफूहरुले जनताका अधिकारसँग सम्झौता गर्न नसेकका कारण संविधान नबनेको दाबी प्रचण्डको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us