प्रतिनिधिसभा पुर्नस्थापनापछि के गर्दैछन् ओली ? चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाइयो

काठमाण्डु टुडे २०७७ फागुन ११ गते १८:५३ मा प्रकाशित

काठमाण्डु, ११ फागुन– सर्वोच्च अदालतले प्रतिनिसभा पुर्नस्थापना गरेलगत्तै प्रधानमन्त्री केपी ओलीले चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्रीले विकसित घटनाक्रमबारे छलफल गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएका हुन् । प्रतिनिधिसभा विघटन बदर भएपछि काठमाण्डु उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रमशशेर जबरा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले मंगलबार प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधिसभा भंग गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय असंवैधानिक भएको ठहर गर्दै प्रतिनिधिसभा पुर्नस्थापना गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us