बालुवाटारमा ओली र अग्निको भनाभन !

काठमाण्डु टुडे २०७७ साउन १४ गते ७:१३ मा प्रकाशित

काठमाण्डु, १४ साउन– बालुवाटार बोलाएरै प्रधानमन्त्री केपी शर्मा ओलीले यसरी सहयोग मागेपछि सभामुख अग्नी सापकोटाले सोचेछन्, सभामुखले प्रधानमन्त्रीलाई असहयोग गर्ने कुरै आएन । अनि, जवाफ दिए, ‘तपाईं प्रधानमन्त्री, पार्टी अध्यक्ष पनि हो । मैले तपाईंलाई सहयोग नगरे कसलाई गर्ने ?’

यसपछि प्रधानमन्त्रीले भने, ‘उसोभए संसदमा टेबुल भइसकेको कुरा किन अघि बढेन त…?’ बल्ल अग्नीले कुरा बुझे, एमसिसीको ।

‘पार्टीले कार्यदल बनाएको छ । त्यसको सुझाव पनि हेर्नुप-यो । तपाईं या म, हामी कोही पनि पार्टीभन्दा माथि छैनौँ । त्यसैले पार्टीबाट एउटा निचोड आओस्, म अगाडि बढाउँछु’, अग्नीले भने ।

यसपछि अग्नीका आफ्ना गुनासा शुरु भए, ‘सोधेर संसद स्थगन गरिएन । तपाईंलाई सहयोग त गर्ने, तर केमा गर्ने ?’ प्रधानमन्त्रीले फेरि कुरा दोहो-याए, ‘एमसिसीमा ।’

अर्कातिर, रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीहरूले सभामुखले बिजनेश दिनै नसकेर संसद स्थगित भएको टिप्पणी गरेकोबारे अग्नीको गुनासो छ । ‘संसदलाइ बिजनेश दिने सभामुखले हो कि सरकारले ?’, उनको प्रश्न थियो ।

जनआस्था साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us