फेरि आयो अर्को चक्रवात !

काठमाण्डु टुडे २०७७ जेठ २० गते ८:३७ मा प्रकाशित

काठमाण्डु, २० जेठ– केही समयअघि बंगाल खाडीसम्म आएको सामून्द्रिक आँधी अम्पुन प्रभाव सकिनेबित्तिकै अरब सागरमा फेरि अर्को सामून्द्रिक आँधी विकास भइरहेको मौसमविद्ले बताएका छन् ।

यसरी सामून्द्रिक आँधी विकास भइरहेकोले नेपालमा फेरि अर्को चक्रवातको असर पर्ने भएकाले यस वर्षको मनसुन समयमै सुरु हुने उनीहरुले बताएका छन् ।

हाल दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सदै गरेको छ । आउँदो २४ घण्टामा सो प्रणाली विकसित हुँदै चक्रवातको रुप लिने छ ।

यसको प्रभावले नेपालमा आगामी २२ देखि २४ जेठसम्म वर्षा हुने र उच्चहिमाली क्षेत्रमा हिमपात हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us