काठमाण्डुमा कोरोनाविरुद्धको औषधि छर्किइँदै

काठमाण्डु टुडे २०७६ चैत १३ गते १३:०४ मा प्रकाशित

काठमाण्डु, १३ चैत–काठमाण्डु महानगरपालिकाले विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न आज पनि महानगर क्षेत्रमा औषधि छर्कंदै छ ।

महानगरले संक्रमण रोक्न बुधबारबाट डीस(इन्फेक्टेन्ट छर्कने कम थालेको थियो । सीमित साधन श्रोतबीच ओषधि छर्कने कामलाई जारी राखिएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । उनले महानगरका ३२ वटै वडामा औषधि छर्कने योजना रहेको उल्लेख गरे ।

शाक्यका अनुसार आज टेकु अस्पताल वीर अस्पताल तथा कालिमाटी फलफूल तथा तरकारी बजारमा औषधि छर्कने कार्यक्रम रहेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us