परासी, ३० जेठ-नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले १६ बुँदे सहमतिप्रति असन्तुष्ट रहेका दलहरुलाई पनि सहमतिमा ल्याउने प्रयत्न भइरहेको बताएका छन् । शनिबार नवलपरासीको कावासोतीमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले असन्तुष्ट पक्षलाई पनि संवाद र छलफलमार्फत सहमतिमा ल्याउने प्रयास भइरहेको उल्लेख...
काठमाण्डु, ३० जेठ– चार दलले गरेको १६ बुँदे सहमतिप्रति असंतुष्ट रहेका दलहरुले राष्ट्रपति डा रामवरण यादवको ध्यानाकर्षण गराएका छन् । शनिबार बिहान राष्ट्रपति निवास पुगेका असंतुष्ट दलहरुले चार दलले सहमतिका नाममा अन्तरिम संविधान र संविधानसभा नियमावली मिचेको भन्दै त्यसलाई रोक्न राष्ट्रपतिलाई आग्रह गरेका थिए...
विराटनगर, ३० जेठ– मोरङको डाइनिया गाविसमा शुक्रबार राति भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रङ्गेलीका अनुसार दुर्घटनामा विराटनगर–१६ का देवराज कामत र ढके कामतको मृत्यु भएको हो । हुलाकी राजमार्गअन्तर्गत डाइनिया–रङ्गेली सडकखण्डअन्तर्गत मोरङकको डाइनिया गाविस–७ मा उनीहरु सवार को...
रसुवा, ३० जेठ– रसुवा जिल्ला अस्पतालमा पहिलो पटक शल्यक्रिया सुरु भएको छ । भूकम्पपछि जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा नेपाल, हङ्कङ, फिलिपिन्स र क्यानेडियन रेडक्रसको सहयोगमा सञ्चालित रसुवा जिल्ला अस्पतालभित्र एपेन्डिसाइटिस, पत्थरीका साथै बच्चा पैदा गराउन पेटको शल्यक्रिया सुरु भइसकेको छ । पहिलो चरणमा यस्ता...
काठमाण्डु, ३० जेठ– शनिबार बिहान ७ बजेर ३ मिनेट जाँदा ‘गोरखा भूकम्प’को परकम्प महसुस गरिएको छ । दोलखास्थित तामाकोसी नदी छेउ सिङटी र सुनखानी गाविसबीच केन्द्रविन्दु भएको ५ दशमलव २ रिक्टर स्केलको परकम्प खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले मापन गरेको केन्द्रको...
भक्तपुर, ३० जेठ– गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले सम्पदालाई क्षति पु¥याएपछि बन्द भएको सम्पदा पर्यटकको अवलोकनका लागि आगामी सोमबारदेखि खुल्ला गरिने भएको छ । भूकम्पले विश्वसम्पदा सूचीमा सूचीकृत दरबार स्क्वाएर देखि भक्तपुर नगरभित्रका धेरै सम्पदामा क्षति पुगेपछि पर्यटकको आगमनसमेत रोकिएको थियो । पर्यटकको...
काठमाण्डु, ३० जेठ – संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जेफेरी फेल्टम्यानले शुक्रबार साँझ प्रधानमन्त्री सुशील कोइरालालाई टेलिफोन गरी उनको अग्रसरतामा हस्ताक्षर भएको सोह्रबुँदे सहमतिको स्वागत गर्दै बधाइ ज्ञापन गरेका छन् । उनले प्रधानमन्त्री कोइरालाको नेतृत्वमा भएको निरन्तरको प्रयास र वार्ताको परिणामस्वरुप सोह्रबुँदे सहमति हुन सकेको...
चितवन, ३० जेठ– दक्षिण चितवनको माडी नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जाने सडकको पुल भाँचिएको छ । गिटी बालुवा बोकेको ना १ क ३४९५ टिपर गइरहेका बेला पुल भाँचिएर टिपर नै अड्किएको छ । शुक्रबार अपराह्न पुल भाँचिएपछि अहिले उक्त सडकखण्ड अवरुद्ध भएको छ । पुल...
मुस्ताङ, ३० जेठ– उपल्लो मुस्ताङको छ गाविसमा असोजदेखि फागुनसम्म पटक–पटक परेको हिमपातसँगै बढेको चिसाले चार हजार पशुचौपाया मरेका छन् । लोमान्थाङ, छोसेर, छोन्हुप, घमी, चराङ र झोङ गाविसमा किसानले पालेका पशुचौपाया मरेपछि त्यस क्षेत्रका किसानलाई कम्तीमा ४५ करोड बराबरको नोक्सानी भएको छ । जिल्ला...
दाङ, ३० जेठ– जिल्ला वन क्षेत्र समन्वय समिति दाङले देउखुरीको कर्री चैलाही सामुदायिक वन क्षेत्रमा भएको अतिक्रमण हटाउन जिल्ला वन कार्यालयलाई निर्देशन दिएको छ । समितिले शुक्रबार लमही नगरपालिका वडा नं ९ र १० मा रहेको अतिक्रमित कर्री चैलाही वन क्षेत्रको अनुगमनपछि वन क्षेत्र...
खोटाङ, ३० जेठ– जिल्लाको दक्षिणी क्षेत्रमा तीन हप्तादेखि सबै प्रकारका टेलिफोन सेवा अवरुद्ध भएको छ । यही जेठ ९ गते राति चलेको हावाहुरीले टेलिफोनको टावर ढालेपछि दक्षिणी क्षेत्रका सेवाग्राहीले प्रयोग गर्ने स्काई तथा नमस्ते मोबाइल सेवा अवरुद्ध भएको हो । हावाहुरीका कारण काहुले र...
गोरखाबजार, २९ जेठ- भूकम्पले १२ फिट दक्षिण–पश्चिम दिशातर्फ ढल्केपछि पूजाआजा बन्द भएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरमा शनिबारदेखि नियमित पूजा आरम्भ गरिने भएको छ । मन्दिर जीर्णोद्धारका लागि भत्काउन सुरु गरिएकाले मन्दिर बाहिरै पूजा सुरु गर्न लागिएको हो । यसअघि भक्तजनको सुरक्षालाई ध्यान दिएर...