अफगान विशेष सेनाको कमान्डो तालिवानसँग मिल्यो

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते १६:५५ मा प्रकाशित

असादाबाद–अमेरिकाले तालिम दिएको अफगान विशेष सेनाको एक कमान्डो हतियार तथा गोलाबारुद भरिएको गाडीको साथमा पूर्वी प्रान्त कुनारबाट विद्रोहीसँग मिल्न गएको छ ।

कुनारका प्रशासक सुजा–उल मुल्क जलालाले यी कमान्डो आफ्नो केन्द्रबाट भागेर हेज्ब–इ–इस्लामीमा मिल्न गएको बताए । यस समूहले तालिवान लडाकूहरूसँग मिलेर युद्ध सञ्चालन गरिरहेको छ ।

मुसिब खान नाम गरेका यी अधिकारी विशेष सेनामा रहेका थिए जसले अमेरिकी नेतृत्वमा रहेको नेटोको सेनाविरुद्ध छापमार युद्ध गर्ने इस्लामी विद्रोहीमाथि कारवाही गथ्र्यो । यसबाट मुलुकको विशेष सेनामा निकै धक्का पुग्ने बताइएको छ । जलालाले खानको खोजी भइरहेको बताए । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us