रसियाली राष्ट्रपति र भारतीय प्रधानमन्त्री भेटवार्ता

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते ९:०५ मा प्रकाशित

नयाँदिल्ली–भारतीय प्रधामन्त्री डा. मनमोहन सिंहले सोमबार मस्कोमा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।
रसियाली विदेश मन्त्रालयका अनुसार दुई नेता वीच सोमबार मस्कोमा भएको वार्ता हतियार खरिदका साथै आणविक ऊर्जाको विषयमा पनि केन्द्रित थियो ।

भारतीय प्रधानमन्त्री डा. सिंह रसिया तथा चीनको चार दिने भ्रमणका लागि आइतबार रसिया प्रस्थान गरेका थिए । यस भ्रमणबाट यी दुई मुलुकसँग सम्बन्ध बलियो बनाउने तथा बेइजिङसँग सीमा विवाद समाधान गर्ने अपेक्षा गरिएको छ ।

भारतमा आगामी सन् २०१४ को सुरुवातमै आम निर्वाचन हुन लागेकोले प्रधानमन्त्री सिंहले यो भ्रमणलाई आफ्नो यस कार्यकालको उत्तरार्द्धको एक महत्वपूर्ण भ्रमणका रुपमा लिएका छन् ।

प्रधानमन्त्री डा सिंहले यी दुबै मुलुकसँग ऊर्जा, प्रतिरक्षा तथा अन्य आर्थिक विषयमा सहमतिमा पुग्ने अपेक्षा गरेका छन् । प्रधानमन्त्री सिंहले रसियासँग रहेको प्रतिरक्षा तथा व्यापारका विषयमा छलफल हुने यसअघि नै बताएका छन् ।

भारत रसियाबाट धेरै मात्रामा हतियार खरिद गर्ने मुलुकमा पर्दछ । दुबै मुलुकले भारतको दक्षिणी तटीय क्षेत्रमा रसियामा बनेको पारमाणविक ऊर्जा परियोजना स्थापना गर्ने विषयमा सम्झौता गर्न पनि प्रयास गर्ने छन् ।

यस भ्रमणबाट यी दुई मुलुकसँग सम्बन्ध बलियो बनाउने र बेइजिङसँग सीमा विवाद समाधान गर्ने अपेक्षा गरिएको छ । Dr.Manmohan-Singh
प्रधानमन्त्री सिंहले यी दुबै मुलुकसँग ऊर्जा, प्रतिरक्षा तथा अन्य आर्थिक विषयमा सहमतिमा पुग्ने अपेक्षा गरेका छन् । मुलुक छोड्नुअगाडि ८१ वर्षीय प्रधानमन्त्री सिंहले रुससँग दीर्घकालसम्म रहेको प्रतिरक्षा तथा व्यापार सम्बन्धका विषयमा आफनो धारणा व्यक्त गरेका छन् ।

एक वक्तव्यमा प्रधानमन्त्री सिंहले चीन तथा भारतबीच ऐतिहासिक मुद्दा तथा चासोको क्षेत्र रहेको बताए । उनले यस्ता कुराले समग्र मैत्री तथा सहयोगको वातावरणलाई असर नपार्ने बताए ।    प्रधामन्त्री सिंहले सोमबार मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नेछन । उनीहरु वीचको वार्ता हतियार खरिदको विषयमा केन्द्रित हुने अनुमान गरिएको छ । भारत रुसबाट अधिक हतियार खरिद गर्ने मुलुक भएको छ र उसले आफ्ना सैनिक प्रणाली सुधार गर्न अरबौँ अमेरिकी डलर बराबर खर्च गर्ने भएको छ ।

दुबै मुलुकले भारतको दक्षिणी तटीय क्षेत्रमा रुसमा बनेको पारमाणविक ऊर्जा परियोजना स्थापना गर्ने विषयमा सम्झौता गर्न पनि प्रयास गर्ने बताइएको छ । यस परियोजनाले भारतको विद्युतको बढ्दो माग पूरा गर्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री सिंह मङ्गलबार चीन प्रस्थान गर्नेछन् । चीनसँग नजिकको आर्थिक सम्बन्ध तथा हिमाली क्षेत्रका सीमामा तनाव कम गर्न सहमतिमा पुग्ने अनुमान गरिएको छ । प्रधानमन्त्री सिंहले चिनियाँ समकक्षी ली खछियाङसँग बुधबार वार्ता गर्नेछन । प्रधानमन्त्री लीले मेमा भारतको भ्रमण गर्दा दुबै पक्षले यी विवाद समाधान गर्ने दृढता व्यक्त गरेका थिए ।

प्रधानमन्त्री सिंहले दुई मुलुकबीच व्यापार असन्तुलन कम गर्न प्रसास गर्नेछन् । उनले  भारतमा चिनियाँ औद्योगिक क्षेत्र स्थापना गरी चिनियाँ लगानी बढाउने विषयमा पनि वार्ता गर्नेछन् ।

चीन भारतको सबैभन्दा ठूलो व्यापार साझेदार हो र दुई मुलुकबीच गत वर्ष ६७.८३ अर्ब अमेरिकी डलर बराबर व्यापार भएको थियो । सन् २००१–०२ मा यो व्यापार केबल २.१ अर्ब अमेरिकी डलर बराबर थियो ।

भारतको चीनसँगको व्यापार असन्तुलन सन् २००१–०२ मा १.०२ अर्ब अमेरिकी डलर रहेकोमा गत वर्ष ४०.७७ अर्ब अमेरिकी डलर पुगेको छ ।
प्रधानमन्त्री सिंहले विश्वका दुई सबैभन्दा अधिक जनसङ्ख्या भएका मुलुकबीच क्षेत्रीय, विश्वव्यापी तथा आर्थिक अभिरुचिमा सहमति बढ्नथालेको बताए ।
उनले चीन तथा भारतबीच दुई पक्षीय सहयोगको क्षेत्र व्यापार, लगानी, आधारभूत संरचना, अन्तरसीमा नदी, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि भएको र आफ्नो भ्रमणका समयमा संलग्नताको क्षेत्र अझै विस्तार हुने बताए । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us