चारदल र राष्ट्रपति मिलेर वैद्यलाई बाहिर राखेः यादव

काठमाण्डु टुडे २०७० असोज २२ गते ९:१६ मा प्रकाशित

काठमाण्डु, २२ असोज– मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले चार दलीय  सिण्डिकेट र राष्ट्रपति डा रामबरण यादवको गलत निर्णयको Upendra-Yadavकारण मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी चुनावी प्रक्रियाबाट बाहिरिएको दाबी गरेका छन् ।
राजधानीमा मंगलबार भएको कार्यक्रममा उनले वैद्यलाई बाहिर राखेर गरिएको निर्वाचनबाट आउने संकटको जिम्मेवारीसमेत उनीहरुले नै लिनु पर्ने बताए । ‘प्रचण्ड, सुशील कोइराला र  झलनाथ खनालको हठका कारण वैद्य समूह निर्वाचन प्रक्रियाबाहिर छ’ , उनले भेन, यसबाट आउने परिणमको जिम्मेवारी उनीहरुले नै लिनु पर्छ ।’

यद्यपि उनले वैद्य समूहविना पनि मंसिर ४ गते जनताको उत्साहजनक सहभागितामा संविधानसभा निर्वाचन हुने र त्यसले अन्तर्राष्ट्रिय मान्यता पाउने दाबी गरे । उनले मधेसमा आफ्नो पार्टी पहिलो शक्तिका रुपमा स्थापित हुने र देशभरको परिणाममा चौथो शक्ति बन्ने ठोकुवा गरे ।
मधेसवादी दलहरुवीच सहकार्यको प्रयास भए पनि सफल हुन नसकेको भन्दै उनले मतदान नहुन्जेलसम्म सहकार्यको सम्भावना भने बाँकी नै रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us