विमललाई हेर्न बागलुङमा घुइँचो

काठमाण्डु टुडे २०७० असोज २२ गते ४:५७ मा प्रकाशित

बागलुङ, २२ असोज । राष्ट्रिय इमेज गोल्डकपअन्तर्गत सोमबार जारी खेलका क्रममा अलिक फरक दृश्य देखियो । उद्घोषकले १६ वर्षमुनिका खेलाडीको राष्ट्रिय टोलीका कप्तान विमल घर्तीमगर बागलुङ आउन लागेको बताएपछि खेल हेर्न बाङ्गेचौर पुगेका दर्शकहरू निकै उत्साहित देखिन्थे ।

दिनभरको प्रतीक्षापछि अन्ततः साँझपख मैदान छिरेका नेपालको फुटबलका उदाउँदा नयाँ तारा विमलको स्वागतमा समर्थकको ताँती नै लाग्यो । समर्थकको भीडबाट जोगाएर मञ्चसम्म पु¥याउन आयोजकलाई हम्मेहम्मे परेको थियो । आफ्ना समर्थकमाझ घेरिएका विमल खुसीले भावुक देखिन्थे ।

गाडीबाट ओर्लेलगत्तै आयोजकले मञ्चसम्म पु¥याउन स्वयम्सेवकमार्पmत विशेष अगुवाइको व्यवस्था मिलाएको थियो । आयोजक दलित युवा सञ्जालबाट खेल्न बागलुङ आएको १६ वर्षमुनिका खेलाडीको राष्ट्रिय टोलीको नेतृत्व गर्दै विमल सोमबार यहाँ आएका हुन् ।

टोलीका अन्य सदस्यहरू प्रतियोगिता सुरु हुने दिनमै आए पनि विमल भने कार्यव्यवस्तताका कारण सोमबारमात्रै आइपुगेको आयोजकले बताए । एएफसी च्यालेन्जकप फुटबलमा पाकिस्तान विरुद्धको खेलमा निर्णायक गोल गर्दै नेपाललाई सेमिफाइनलमा पु¥याएका विमलको नेपाली फुटबलमा अहिले सर्वाधिक चर्चा छ । सोही चर्चाबीच विमललाई प्रत्यक्ष भेट्न पाएका बागलुङवासी फुटबलप्रेमी खुसीले उत्साहित बनेका थिए । विमलसँग पालैपालो फोटो खिचाउन निकै घुईंचो लागेको थियो ।

सोमबारै कप्तान विमललाई दलित युवा सञ्जालले सम्मान पनि गरेको छ । सञ्जालका अध्यक्ष बासेलले बागलुङ कालिका मन्दिरको प्रतिमूर्ति र खादासहित बिमललाई सम्मान गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us