आफ्नै सेनाका क्याप्टेनसँग किन मागे ओबामाले माफी ?

काठमाण्डु टुडे २०७१ पुष १६ गते १४:५९ मा प्रकाशित

एजेन्सी– अमेरिकी राष्ट्रपति बाराक ओबामाले एक नवविवाहित जोडीसँग माफी मागेका छन् ।

barak obamaआफ्नो गल्फ कार्यक्रमका कारण विवाह स्थल परिवर्तन गरेको उक्त जोडीसँग ओबामाले माफी मागेका हुन् ।

आइतबार हवाईको होलिडे होमस्थित सेनाको गल्फ मैदानमा नताली हेमल र एडवर्ड मेलु जुनियरलको विवाह कार्यक्रम थियो ।

तर राष्ट्रपतिले गल्फ खेल्ने भएपछि अधिकारीहरुले विवाह अन्यत्रै सार्न लगाएका थिए । तर ओबामालाई त्यसबारे जानकारी दिइएको थिएन । जब उनले आफ्नो खेल कार्यक्रमका कारण विवाह सार्नुपरेको थापा पाए तब उक्त जोडीलाई फोन गरेर माफी मागे ।

माफी माग्नुअघि उनले नयाँ जीवनको शुभकामना दिए । राष्ट्रपतिले फोन गरेर बधाई दिएपछि नवविवाहित जोडी मख्ख परेको समाचारहरुमा जनाइएको छ ।
उनीहरु दुवै अमेरिकी सेनाको क्पाप्टेन पदमा कार्यरत रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us