सुनसरी, १६ पुस– काँग्रेस नेतृ सुजता कोइरालाले एमाओवादी र मधेसी मोर्चाका कारण संविधान निर्माणमा बाधा उत्पन्न भएको बताएकी छन् ।
काँग्रेस सुनसरी क्षेत्र नम्बर–१ ले बुधबार धरानमा गरेको ३९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस कार्यक्रममा उनले प्रक्रियामै गएर भए पनि माघ ८ मा संविधान जारी गर्नुपर्ने बताइन् ।
उनले माओवादी र मधेसीले मुलुकमा अस्थिरता कायमै राख्ने मनसायका साथ संविधान निर्माण प्रक्रियामा अवरोध सिर्जना गरिरहेको आरोप लगाइन् ।
माओवादी र मधेसीले मुलुकलाई भन्दा पार्टीगत र व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएकाले समस्या आएको टिप्पणी गरिन् ।
‘माओवादी र मधेसीहरुका कारण संविधान निर्माणमा अवरोध उत्पन्न भएको छ’, सुजाताले भनिन्, ‘उनीहरुले मुलुकलाई भन्दा पार्टी र व्यक्तिलाई माथि राखेर सोचेका छन् ।’