इटहरी, १६ पुस–सुनसरीको इटहरी उपमहानगरपालिकाको पकलीमा रहेको हिमालयन कत्था उद्योगमा बुधबार मध्याह्न विद्युत् चुहिएर भीषण आगलागी हुँदा कम्तिमा आठ करोडभन्दा बढीको नोक्सानी भएको छ ।
अकस्मात् उद्योगको पछिल्लो भागमा रहेको रोजिन, तारपिन र खोटो भण्डारण गरिएको क्षेत्रमा दिउँसो १ बजेबाट सुरु भएको आगलागीले त्यहाँ भण्डारण गरिएको ती वस्तुमा ठूलो नोक्सानी भएको छ ।
उद्योगका लागि आवश्यक पर्ने आठ करोड मूल्यका ती सामान हिजैमात्र गोदाममा आइपुगेको उद्योगका सञ्चालक केशव कार्की र देवकीनन्दन अग्रवालले जानकारी दिए ।
इटहरी, धरान इनरुवालगायत स्थानबाट आएका बारुणयन्त्र, नेपाली सेना सशस्त्र र नेपाल प्रहरी तथा स्थानीय व्यक्तिको सक्रियतामा अपराह्न साढे ३ बजेतिर आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।