सिन्धुपाल्चोक, १६ पुस–सिन्धुपाल्चोक जिल्लाबाट रोजगारीको सिलसिलामा विभिन्न मुलुक गएर फर्किएकालाई यौन शिक्षाका साथै कण्डम दिन थालिएको छ ।
वैदेशिक रोजगारीबाट फर्केका युवायुवतीबाट नेपालमा यौनजन्य रोग भित्र्याउन नदिन यस्तो सुरुवात गरिएको हो ।
पछिल्ला केही वर्षदेखि विदेश गएर फर्केकामा एचआइभी सङ्क्रमण देखिन थालेपछि महिला आत्मनिर्भरता केन्द्रले उनीहरुलाई यौन शिक्षाका साथै कण्डम दिन थालेको हो ।
सेभ द चिल्ड्रेन ग्लोबल फन्डको सहयोग र केन्द्रको सहजीकरणमा जिल्लाका १२ गाविसमा कण्डम वितरण गरिएको जनाइएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका युवायुवतीलाई एचआइभी एड्स रोकथाम तथा हेरचाह परियोजनाअन्तर्गत कण्डम वितरण गरिएको केन्द्रले जनाएको छ ।
मांकका अनुसार अहिले इचोक, महाँकाल, थाङ्पालकोट, गुन्सा, भोताङ, स्याउले, सेलाङ, सिम्पालकाभ्रे, बाह«बिसे, राम्चे र धुस्कुनमा कण्डम वितरण भइरहेको छ ।
यी गाविसमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि कण्डम वितरणको अभियान थालिएको हो ।
केन्द्रकी कार्यक्रम संयोजक सुनिता भोखजुका अनुसार कार्यक्रम सुरु भएको दुई वर्षको अवधिमा ९२ हजार कण्डम वितरण भइसकेको छ ।
उनले भनिन् ‘एकजनालाई २० देखि २४ वटासम्म कण्डम दिने गरेका छौँ ।’