
एजेन्सी–एक दुई वर्षे बालकले आमाको हत्या गरेभन्दा अचम्म लाग्नसक्छ । तर अमेरिकाको लस एन्जेल्समा मङ्गलबार त्यस्तै भएको छ ।
तर उनले जानेर आफ्नी आमाको हत्या गरेका भने पक्कै होइनन् । त्यसो त उनलाई हत्या भनेकै पनि कहाँ थाहा छ र ?
बन्दुक बोकेकी आमाको झोलाबाट ती बालकले त्यो बन्दुक झिके र अन्जानमै पकड्काउन पुगे । आमाले सो बन्दुक पड्काउनलाई ठिक्क पारेर झोलामा राखकाले यो दुर्घटना हुन पुगेको हो ।
लस एन्जेल्सको हाइडेनमा रहेको इदाओ डिपार्टमेन्टल स्टारेमा २९ वर्षीया आमा बेरोनिका रुट्लेज आफ्नो परिवारसँग किनमेल गरिरहेकी थिइन् ।
सोही क्रममा ती महिलाको दुई वर्षीय छोराले झोलाबाट बन्दुक झिकेको पत्तै भएन । बन्दुक झिकेपछि ती बालकले आमालाई ताकेर हानेको बताइएको छ ।
यो निकै नै दुःखद घटना भएको छ, त्यहाँका एकजना स्थानीय अधिकारीले बताएका छन् । यो दुर्भाग्यवस हुन पगेको घटना हो उनको भनाई छ ।
ती आमाले छोरालाई उक्त स्टोरको ह्वील चियरमा राखेर आफूले सामान छान्दै गरेकी थिइन् र सोही समयमा उनले आमाको झोलाबाट त्यो बन्दुक झिकेका थिए ।
ती महिलाले लाइसेन्स लिएर नै बन्दुक राखेको खुलेको छ । अमेरिकामा व्यक्तिले लाइसेन्स लिएर बन्दुक राख्न पाउने वा नपाउने भन्ने बारेमा बहस जारी रहेका बेला यो घटना भएको छ ।
उनी अरु तीनजना बालबालिकासँगै किनमेलका लागि त्यहाँ गएकी थिइन् । झोलाबाट त्यो बन्दुक झिक्ने काममा कसैले सघाएका थिए वा थिएनन् भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।