महोत्तरीका तीन हजार अभियुक्त कहाँ भागे ?

काठमाण्डु टुडे २०७१ पुष १६ गते ६:५९ मा प्रकाशित

महोत्तरी, १६ पुस–जिल्ला अदालत महोत्तरीबाट विभिन्न मितिमा फैसला भएको दुई हजार २७ वर्ष कैद र करिब साढे सात करोड असुल हुन सकेको छैन ।

jail

जिल्ला अदालत महोत्तरीका अनुसार साउनदेखि मङ्सिरसम्म तिन सय १२ वर्ष कैद र २८ लाख ४४ हजार जरिवाना मात्र असुलउपर भएको छ । जसमा तीन हजार तीन सय अभियुक्त फरार छन् ।

जिल्ला न्यायाधीश प्रकाश खरेलले अदालतले तोकेको दण्ड जरिवाना प्रभावकारी ढङ्गमा असुल गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको बताए ।

फैसला भएको ६० दिनभित्र आफैँ सजाय र जरिवाना भुक्तानी गर्न आउनेलाई २० प्रतिशत छुटको समेत कानुनमा व्यवस्था छ ।

त्यस्तै फरारलाई पक्राउ गरी अदालतमा बुझाउने सुरक्षाकर्मीलाई असुल भएको दण्ड जरिवानाको २५ प्रतिशत र प्रतिमहिना कैदबापत एक सय ५० प्रोत्साहन भत्ताको समेत व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us