वैद्यको स्वास्थ्य सुधारोन्मुख

काठमाण्डु टुडे २०७१ पुष १६ गते ५:३९ मा प्रकाशित

काठमाण्डु, १६ पुस– स्वासप्रस्वास तथा ज्वरोका कारण अस्वस्थ भई उपचार गराई रहेका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’को स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा सम्लग्न चिकित्सकले बताएका छन् ।

Kiran jI

पार्टीको धपेडी तथा ज्वरोका कारण उनको स्वास्थ्य विग्रीए भन्दै चिकित्सकहरुले उनलाई आराम गर्न सुझाव दिएका छन् । उनी सोमबार साँझ ८ बजे राजधानीको नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

‘वहाँलाई पहिला देखि नै स्वासप्रस्वासको समस्या थियो केहि दिन यता पार्टीको कामले धेरै धपेडी गर्नु पर्दा १०४ डिग्री फरेनहाइट ज्वरोपनि आई रहको रहेछ तर उपचार पछि अहिले वहाँको स्वास्थ्य सुधारउन्मुख रहेको छ ।’, अस्पतालका आरपी मैनालीले काठमाण्डु टुडेलाई भने ।

किरणको स्वास्थ्य अवस्था हेरेर शुक्रबार डिस्चार्ज गर्न सकिने चिकित्सकले बताएको उनका सहयोगी अरुण उपाध्यायले बताए । बिरामी भएर उपचार गराई रहेका उनलाई भेट्न मंगलबार बिहान पूर्व प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र प्रचण्डसँगै गएका थिए भने साँझ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री बामदेव गौतम, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल अस्पताल पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us