पन्ध्र दिनपछि घाम लागेपछि…

काठमाण्डु टुडे २०७१ पुष १६ गते ५:२६ मा प्रकाशित

महोत्तरी, १६ पुस–महोत्तरीको सदरमुकाम जलेश्वरलगायत जिल्लाको दक्षिणी भागमा बुधबार १५ दिनपछि घाम लागेको छ ।

sunset kathmandu

बाक्लो हुस्सु, शीतलहर र निरन्तर बहने हावाले जनजीवन निक्कै कष्टकर बनेको यस क्षेत्रमा एकाबिहानैदेखि घाम लागेको हो ।

दुई सातापछि लागेको न्यानो घाममा बिहानैदेखि घरघरबाट निस्केर वृद्धवृद्धा, बालबालिका तथा वयस्कले आ–आफ्नो जीउ न्यानो पार्न थालेका छन् ।

त्यस्तै गृहिणी लामो समयपछिको घाममा बिहानैदेखि फोहर र मैलो भएका लुगाफाटा धोएर सुकाउने जोरजाम गरिरहेका देखिन्छन् ।

त्यस्तै लगातारको जाडोबाट ग्रसित भएका गाई, भैँसी, बाख्राबाख्रीलगायतका वस्तुभाउलाई पनि  घाममा राखेर न्यानो बनाउनमा स्थानीयवासी व्यस्त देखिन्छन् ।

त्यसैगरी जाडोकै कारण १५ दिनदेखि कामकाज छोडी घरभित्रै सीमित भएका किसान पनि बिहानैदेखि खेतखेतमा पुगेका छन् । घाम लागेपछि महोत्तरीको दक्षिणी भेगका जनजीवन न्यानो हुँदैछन् भने मानिस, पशु र जीवजन्तु सबैलाई लामो समयपछिको घामले राहत पु¥याएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us