काँग्रेसले आज राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै

काठमाण्डु टुडे २०७१ पुष १६ गते ३:५५ मा प्रकाशित

bp_koiralaकाठमाण्डु, १६ पुस– नेपाली काँग्रेसले आज ३९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछ ।

राष्ट्रियता कमजोर भएको निष्कर्षसहित आठ वर्ष लामो भारत निर्वासन त्यागेर बिपी २०३३ साल पुस १६ गते गणेशमान सिंहलगायतका नेतासहित राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

सोही दिनको सम्झनामा काँग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ का रुपमा मनाउँदै आएको छ । दिवसका अवसरमा काँग्रेस र उसका भातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुले विविध कार्यक्रम आयोजना गरेका छन् ।

दिवसका अवसरमा सानेपास्थित पार्टी केन्द्रीय कार्यालय र बिपीले लामो समय बन्दी जीवन बिताएको काठमाण्डुको सुन्दरीजलमा पनि विशेष कार्यक्रम आयोजना गरिएको काँग्रेसले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us