मलेसिया, १६ पुस– वैदेशिक रोजगारीको लागि मलेसिया पुगेका युवाहरु नेपालीबाट समेत ठगिएको निष्कर्र्ष मलेसियास्थित नेपाली दूतावासको छ । मलेसियामा ठगिनु र लुटिनु कुनै ठूलो कुरा होइन तर नेपालीबाट नेपाली ठगिनुलाई दूतवासले अस्वभाविक भनेको छ ।
नेपालबाट कलिङ भिसासा मलेसिया पु¥याउने र कामको खोजी गर्ने कार्य सम्बोधन हुने क्रममा छ । तर, एउटा कम्पनीमा काम गर्नेलाई अर्को कम्पनीमा राम्रो कामको आश्वासनमा लगिदिने कार्यमा नेपाली नै संलग्न हुने र ठग्ने कार्य जारी रहेको दूतावासले जनाएको छ ।
यो कार्यमा संलग्न नेपालीलाई कारबाही गर्ने प्रक्रिया दूतावासले अघि बढाउन लागेको छ । यसले नेपालीलाई अलपत्र पार्ने मात्र होइन कागजपत्रविहीन बनाइदिएकोले समस्या चुलिँदै गएको छ । कागजपत्रविहीन नेपाली सन् २०१४ को अन्त्यसम्म स्वदेश फर्किसक्नुपर्ने वा फर्कनको लागि कागज लिइसकेको हुनुपर्नेछ ।
पछिल्लो समय यस्तो ठगीसँगै आपराधिक गतिविधिमा समेत नेपाली संलग्न हुन थालेपछि समस्या थपिएको दूतावासले जनाएको छ । मलेसियामा रहेका नेपाली व्यवसायीहरु नेपालीकै संलग्नतामा अपहरणमा पर्न थालेपछि दूतावासले परराष्ट्र मन्त्रालयमार्फत गृह मन्त्रालयसँग छलफल गर्दै समधान थालेको छ ।
कान्तिपुर दैनिकबाट