संविधान जारी गर्नुको विकल्प छैनः प्रधानमन्त्री कोइराला

काठमाण्डु टुडे २०७१ पुष १५ गते १२:१५ मा प्रकाशित

काठमाण्डु, १५ पुस–प्रधानमन्त्री सुशील कोइरालाले संविधान लेखनलाई निष्कर्षमा पु¥याउन दलहरूबीच सहमतिको प्रयास जारी रहेको बताएका छन् ।

sushil

तमु ल्होछार २०७१ का अवसरमा आयोजित कार्यक्रममा उनले अखबारमा आउने गरेका समाचारका कारण चिन्तित बन्नु नपर्ने बताउँदै दलहरू संविधानका लागि निरन्तर वार्तामा रहेको उनले बताए ।

देशमा शान्ति, अमनचयन र विकासका लागि संविधान अपरिहार्य भएको बताउँदै उनले भने ‘विगत ६० वर्षदेखि नेपाली जनताले गरेका सङ्घर्षका उपलब्धिलाई रक्षा गर्न संविधान जारी गर्नुको विकल्प छैन ।’

नेपालमा तमु समुदायले एकीकरणदेखि लोकतन्त्र प्राप्तिसम्मका विभिन्न आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको उनको भनाइ थियो ।

कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ, डा गणेशबहादुर गुरुङ, पदमबहादुर गुरुङलगायतलाई प्रधानमन्त्री कोइरालाले सम्मान गरेका थिए ।

उक्त अवसरमा देशका विभिन्न जिल्ला र स्थानमा वसोवास गर्ने तमु समुदायका झाँकी प्रदर्शन गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us