एयर एसियाको विमान अझै बेपत्ता : ४० लास फेला परे

काठमाण्डु टुडे २०७१ पुष १५ गते १०:४७ मा प्रकाशित

काठमाण्डु, १५ पुस– हराएको तेस्रो दिन एयर एसिया जहाज अझै फेला परेको छैन तर जावा किनारमा ४० जनाको लास परेका छन् ।

AirAsia_X_Airbus_A330-300_Nazarinia-3
इन्डोनेसियाली जल सैनिकले एयर एसियाको बेपत्ता विमानमा यात्रा गरेका व्यक्तिकै लास भएको दाबी गरेका छन् ।
इन्डोनेसियाबाट सिंगापुरका लागि उडेको जहाज आइतबार बिहानदेखि हराइरहेको थियो ।
जाभा समुन्द्रको टापुमा ती लासहरु फेला परेका हुन् । उद्दारमा खटिएका सरकारी अधिकारीहरुले जाभा किनारमा भेटिएका जहाजका टुक्राहरु एयर एसियाकै हुनेमा आफूहरु विश्वस्त रहेको बताएका छन् ।
तर सरकारी स्तरबाट त्यसको पुष्टि गर्न अझै बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us