एमाओवादीसँग सल्लाह गरेर ल्यायो वैद्य माओवादीले आन्दोलनको कार्यक्रम

काठमाण्डु टुडे २०७१ पुष १५ गते १०:२७ मा प्रकाशित

काठमाण्डु, १५ पुस– एकीकृत माओवादीसँग सल्लाह गरेर नेकपा–माओवादीले आन्दोलनका कार्यक्रम तय गरेको छ । चार दिनदेखि काठमाण्डुमा चलेर मंगलबार समापन भएको राष्ट्रिय भेलाको निर्णयबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एमाओवादीसँग सल्लाह गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको बताएका हुन् ।

badal

 

एमाओवादीको मंगलबार बसेको केन्द्रीय समिति बैठकले पनि देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ । माओवादीले आगामी माघ २४ देखि फागुन २ गतेसम्म विभिन्न जिल्लामा सडक संघर्षका कार्यक्रम गर्ने जनाएको छ ।
माघ ८ गते संविधान सभामा भएका दलहरुले संविधान घोषणा गरे जलाउने कार्यक्रम रहेको पनि उक्त पार्टीले जनाएको छ । पत्रकार सम्मेलनमा माओवादी महासचिव रामबहादुर थापा ‘बादल’ले अब सशक्त आन्दोलन गरिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us