बिरामी वैद्यलाई भेट्न माधव र प्रचण्ड सँगसँगै नर्भिक पुगे

काठमाण्डु टुडे २०७१ पुष १५ गते ८:२४ मा प्रकाशित

काठमाण्डु, १५ पुस– सत्तापक्षीय कम्युनिस्ट एमाले र विपक्षी कम्युनिस्ट एमाओवादीका दुई नेता सँगसँगै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’लाई भेट्न नर्भिक अस्पताल पुगेका छन् ।

Prachnada

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरामी भएर अस्पताल भर्ना भएका किरणलाई भेट्न मंगलबार बिहान नर्भिक अस्पताल पुगेका हुन् ।
नेपाल र प्रचण्ड दमका कारण उपचारार्थ नर्भिकमा भर्ना गरिएका किरणलाई भेटन विहान ११ बजे थापाथली स्थित नर्भिक अस्पताल पुगेका थिए । भेटका क्रममा दुवै नेताले किरणको स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्यलाई ख्याल गर्न आग्रह गरेका थिए ।
नेपाल प्रचण्ड भेटका क्रममा नेकपा माओवादीकी प्रवक्ता तथा अन्य नेताहरु पनिसँगै रहेका थिए । बिहानै देखि वैद्यलाई भेट्न नेता तथा कार्यकर्ताहरु नर्भिक अस्पताल पुगेका छन् ।
नेपाल र प्रचण्ड नर्भिक अस्पताल पुग्नु अगावै संविधान निर्माण तथा सहमतीको बातावरण तयार गर्न प्रतिपक्षी दलको नेता प्रचण्डलाई भेट्न नेपाल बिहानै साढे आठमा लाजिम्पाट पुगेका थिए ।
सहमति अथवा बहुमत मार्फत संविधान ल्याउने विषयमा कुरा नमिलि रहेको सन्दर्भमा उनीहरु बीचको भेटलाई प्रमुखताका साथ लिएको छ । नेपाल निकट स्रोतले बताए अनुसार संविधान निर्माणको विषयमा छलफल भएको बताइएको छ ।
भेटका क्रममा प्रचण्डले आन्दोलन रहर नभएको भन्दै बाध्यता भएको बताएका थिए । एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले माओवादी प्रति तिव्र व्यंग गरि रहदा नेपालले प्रचण्डलाई भेटेका हुन ।
नेपालले भेटका क्रममा नेपालले जसरी भएपनि संविधान जारी गरेर अगाडि बढनु पर्ने भन्दै विवादलाई थप लम्ब्याउन नहुने धारणा राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us