बिजुली चोरले तिरे छ लाख जरिवाना

काठमाण्डु टुडे २०७१ पुष १५ गते ७:०० मा प्रकाशित

    दमक, १५ पुस–नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दमकले गएको तीन महिनामा विद्युत् चोरी गर्ने एक सय ५० जनालाई कारबाही गरी छ लाख असुली गरेको छ ।

download-14

विद्युत् खम्बामा अङ्कुश लगाएर चोरी गर्ने धरमपुर, महाभारा, वैगुनधुरा, तोपगाछीसहितका एक दर्जनभन्दा बढी गाविसबाट केन्द्रले एक सय ४१ जनालाई कारबाही गरेको जनाएको छ ।

उनीहरुलाई विद्युत् चुहावट गरेको अवस्थामा टोलीले पक्राउ गरी  कारबाही गरिएको केन्द्रका प्रमुख सन्तोषकुमारले जानकारी दिए । कात्तिकदेखि यता गत आइतबारसम्म एक सय ४१ जनालाई जरिवाना गरी छोडिएको प्राधिकरणले जनाएको छ ।

जिल्लाको ग्रामीण क्षेत्रमा अवैध रुपले विद्युत्को खम्बामा अङ्कुश लगाएर चोरी गर्नेविरुद्ध इलाका प्रहरी कार्यालय दमक र प्राधिकरणको संयुक्त टोलीले अनुगमनलाई तीव्रता दिँदै आएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us