१८ सय विद्यार्थीले पाए झापामा कपडा

काठमाण्डु टुडे २०७१ पुष १५ गते ६:३२ मा प्रकाशित

झापा, १५ पुस–झापाको राजगढमा रहेका सातवटा सामुदायिक विद्यालयका एक हजार आठ सय ५०  विद्यार्थीलाई जाडोको कपडा वितरण गरिएको छ ।

m65jackets

विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच जाडोको कपडा, टोपी, स्विटर, ज्याकेट, जुत्ता, मोजालगायतका सामग्री वितरण गरिएको स्थानीय पशुपति उच्च माविका शिक्षक रमेशकुमार सिंहले जानकारी दिए ।

अष्ट्रेलियाली नागरिक समाजद्वारा सञ्चालित सूर्याेदय बाल अनाथ सेवा समिति काठमाण्डुले     विद्यालयका कपडा वितरण गरेको हो ।
सो समाजले यसअघि पनि राजगढमा सञ्चालित विद्यालयमा गरिब तथा जेहेन्दार  छात्रछात्रालाई शैक्षिक सामग्री, पोसाक तथा छात्रवृत्ति वितरण गर्दै आएको अष्ट्रेलियाली नागरिक समाजका सीता शिवाकोटी  मैनालीले जानकारी दिइन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us