सद्भावनाले दियो सडक सङ्घष गर्ने चेतावनी

काठमाण्डु टुडे २०७१ पुष १५ गते ६:०९ मा प्रकाशित

 रौतहट, १५ पुस–सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान निर्माण गर्नका लागि सडक सङ्घर्षको कार्यक्रम तय गर्ने बताएका छन् ।

rajendra mahato

कार्यकर्ता भेटघाटका क्रममा रौतहट आएका अध्यक्ष महतोले कर्मचारी मिलन केन्द्रको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
उनले बुधबार हुने संयुतm लोकतान्त्रिक मोर्चाको बैठकले आन्दोलनको स्वरुप तय गर्ने बताए ।

नेपालको अन्तरिम संविधानको धारा १३८ मा समेत उल्लेख भएको स्वायत्त मधेस प्रदेशको सम्झौतालाई गणितीय हिसाबमा  लत्याएको आरोप महतोले लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us