मलेसिया बाढीका कारण एक लाख विस्थापित, प्रधानमन्त्रीको व्यापक अलोचना

काठमाण्डु टुडे २०७१ पुष ११ गते ११:५५ मा प्रकाशित

मलेसिया, ११ पुस–मलेसियामा यस दशककै ठूलो बाढीका कारण कम्तीमा पनि एक लाख व्यक्ति विस्थापित भएका छन् । त्यस बाढीमा परी अरु कम्तीमा पाँचजना मारिएका छन् ।

images

सरकारी उद्धार प्रयास निकै कमजोर भएको भन्दै त्यहाँका प्रधानमन्त्रीको व्यापक विरोध भएको छ । यस दशककै सबैभन्दा शक्तिशाली आँधी र बाढीका कारण जनजीवन नराम्ररी प्रभावित भएको बताइएको छ ।

देशमा आँधी आएका बेला प्रधानमन्त्री नजिब रजाक अमेरिकी राष्ट्रपति बाराक ओबामासँग निकै गफ्फिएर हाँस्दै गरेका तस्बिरहरु सरकारी टेलिभिजनमा बारम्बार देखाइएको भन्दै उनको विरोध गरिएको हो ।

सहरी तथा ग्रामीण बस्तीहरूमा समेत पानीको सतह निकै बढेकोले नागरिक आफ्ना सामानहरु लिएर भाग्दै गरेको तथा आँधा शरीरमा पानीले डुबाएका तस्बीरहरु टेलिभिजनहरुले दिइरहेका छन् ।

मलेसियाको उत्तरपूर्वी प्रान्तमा बाढी र आँधीले नराम्ररी प्रभावित बनाएको छ । उद्धारका काम जारी रहेको भए पनि त्यो प्रभावकारी हुन नसकेको बताइएको छ ।

उद्धारको काम प्रभावकारी रुपमा अघि बढ्न नसकेको भन्दै मलेसियाका विपक्षीहरुले प्रधानमन्त्री रजाकको विरोध गरिरहेका राजधानी क्वालालम्पुरबाट प्राप्त समाचारमा जनाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us