मोदीले दिए सरिफलाई जन्मदिनको शुभकामना

काठमाण्डु टुडे २०७१ पुष १० गते ६:२९ मा प्रकाशित

modi and sariffffकाठमाण्डु, १० पुस– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी समकक्षी नवाज सरिफलाई जन्मदिनको शुभभकामना दिएका छन् ।

मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत मोदीलाई जन्मदिनको शुभकामना दिएका हुन् । सरिफ आजदेखि ६४ वर्षमा प्रवेश गरेका छन् ।

ट्वीटरमा उनले जन्मदिनको शुभकामनासहित सरिफको स्वास्थ्यलाभको कामना गरेका छन् ।

काठमाण्डुमा गत महिना सम्पन्न सार्क शिखर सम्मेलनको उदघाटन सत्रमा मोदीले सरिफसँग हात नमिलाएको विषयले व्यापक चर्चा पाएको थियो ।

यद्यपि रिट्रिटका क्रममा धुलिखेलमा प्रधानमन्त्री सुशील कोइरालाको पहलमा मोदी र सरिफले हात मिलाएका थिए । पाकिस्तानी अदालतले मुम्बई हमलाका आरोपीलाई धरौटीमा रिहा गरेपछि दुई देशबीच तनाब बढेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us