सिरहामा सिसी क्यामेरा जडान गरिने

काठमाण्डु टुडे २०७१ पुष ९ गते ७:२७ मा प्रकाशित

सिरहा, ९ पुस–सिरहाको नवघोषित नगरपालिका मिर्चैयामा अपराध रोक्न सिसी क्यामेरा जडान गर्ने निर्णय भएको छ ।

cc camera

दिनहुँजसो आपराधिक घटना घट्ने मिर्चैया नगरपालिकामा शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन क्यामेरा जडान गर्ने निर्णय भएको हो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाको पहलमा भएको सर्वपक्षीय बैठकमा सिसी क्यामेरा जडान गर्ने निर्णय भएको मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रदेव यादवले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us