
सोलुखुम्बु, ८ पुस–पाँच वर्षअघि हत्या आरोप लागेर फरार टाप्टिङ् ७ का पेम्बाछेवाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय एक वृद्धाको हत्यामा आरोप लागेपछि त्यसबेला १२ वर्ष उमेर रहेका शेर्पा फरार भएका थिए । हत्या गर्ने अन्यलाई सघाएको आरोपमा शेर्पालाई पनि अदालतले तीन महिना सजायको फैसला गरेको थियो ।
त्यसबेलादेखि फरार रहेका शेर्पालाई सोमबार प्रहरीले सदरमुकामबाट पक्राउ गरी मंगलबार अदालतमा बुझाएको थियो । अदालतले शेर्पालाई जेल भुक्तानका लागि जिल्ला कारागार शाखा सल्लेरी पठाएको छ । रासस