पर्सा, ८ पुस–पर्सामा अझै पनि करिब ८० हजार नागरिक निरक्षर रहेको एक तथ्याङ्क सार्वजनिक भएको छ ।

जिल्ला शिक्षा कार्यालय पर्साको समन्वयमा र अनौपचारिक सेवा केन्द्र सानोठिमी भक्तपुरले सोमबार वीरगन्जमा आयोजना गरेको साक्षर नेपालको विशेष अन्तरक्रियात्मक कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
कार्यक्रममा अनौपचारिक सेवा केन्द्रका उपनिर्देशक बद्रीप्रसाद पौडेलले पर्सामा अझै ७६ हजार १६ सर्वसाधारण साक्षर हुन नसकेको बताए । उनले नेपालभर हालसम्म सातवटा जिल्ला पूर्ण रुपमा साक्षर जिल्ला घोषणा भएको र १० नगरपालिका तथा ६ सय ३१ गाविस साक्षर घोषित भइसकेको जानकारी दिए ।
सरकारले आगामी वर्ष सन् २०१५ सम्ममा पर्सा जिल्लासहित सम्पूर्ण देशलाई नै साक्षर घोषणा गर्ने लक्ष्य लिएका कारण पर्सा पनि अर्को वर्षसम्ममा पूर्ण रुपमा निरक्षर उन्मूलन जिल्ला घोषणाका लागि जुट्न सबैलाई आग्रह गरे । रासस