नारायणकाजी भन्छन्, ‘नेपालमा जातीय राज्य सम्भवै छैन’

काठमाण्डु टुडे २०७१ पुष ७ गते १५:४४ मा प्रकाशित

NARAYAN KAJI 2काठमाण्डु, ७ पुस– एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालमा एकल जातीय संघीयता हुनै नसक्ने बताएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघले सोमबार राजधानीमा गरेको कार्यक्रममा श्रेष्ठले एकल जातीय संघीयता हुने गरी भौगोलिक विभाजन गर्न पनि कठिनाइ हुने बताएका हुन् ।

आफ्नो पार्टीले कहिल्यै एकल जातीय संघीयताको वकालत नगरेको दाबी उनको थियो । आफूहरुले पहिचानको कुरा उठाए पनि विपक्षीले अनावश्यक प्रचारबाजी गरेको आरोप श्रेष्ठले लगाए ।

‘नेपालमा एकल जातीय संघीयता सम्वभै छैन’, श्रेष्ठले भने, ‘पूर्वपश्चिम, उत्तर–दक्षिण जताबाट चिरे पनि एकल जातीय संघीयता हुँदैन ।’

श्रेष्ठले आफूहरु सहमतिमै संविधान जारी गर्ने पक्षमा रहे पनि सत्तापक्ष गणितीय खेलमा लागेकाले संविधान निर्माण प्रक्रिया जटिल भएको बताए ।

अर्को एक फरक प्रसंगमा उनले सरकार आफूहरुको प्राथमिकतामा नरहेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us