छतबाट खसेर वृद्धको मृत्यु

काठमाण्डु टुडे २०७१ पुष ७ गते ४:५६ मा प्रकाशित

 

उदयपुर, ७ पुस– उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ गाईघाट बजारको विद्युत् मार्गमा बस्ने एक वृद्धको आइतबार आफ्नै दुईतलाको घरको छतबाट खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा गाईघाट विद्युत् मार्ग बस्ने ८४ वर्षीय दलबहादुर दाहाल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । दाहाल राति छतबाट खसेर भुइँमा झर्दा सख्त घाइते भएका थिए ।

दाहाललाई तत्काल जिल्ला अस्पतालमा उपचार गर्नेक्रममा मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख टेकबहादुर गुरुङले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us