आतंकवादी धम्कीबाट नतर्सन प्रधानमन्त्रीलाई मालेको आग्रह

काठमाण्डु टुडे २०७१ पुष ६ गते १३:५९ मा प्रकाशित

kalki cmकाठमाण्डु, ६ मंसिर– नेकपा मालेले आतंकवादी क्रियाकलापमा संलग्न आफ्ना कार्यकर्ता रिहाइका लागि लण्डनबाट सञ्चालित धार्मिक संस्था ‘कल्की अवतार फाउण्डेशन’ का प्रमुखले प्रधानमन्त्री सुशील कोइरालालाई भिडियो सन्देशमार्फत धम्की दिएको विषयमा आपत्ति जनाएको छ ।

माले पोलिट्ब्युरो बैठकले अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ पाकिस्तानी नागरिकविरुद्ध छानबिन चलिरहेकैबेला आएको धम्कीप्रति भत्र्सना गरेको छ ।

कल्की फाउण्डेशनका प्रमुख युनुस अल गोहरले केही दिनअघि विशुद्ध धार्मिक गतिविधिमा संलग्न आफ्ना कार्यकर्ता पक्राउ गरिएको दाबीसहित २४ घण्टाभित्र रिहा गर्न माग गर्दै धम्कीपूर्ण सन्देश जारी गरेका थिए ।

मालेले धम्कीका भरमा नडराउन सरकारलाई आग्रह गरेको छ । ‘धम्कीपूर्ण अभिव्यक्तिप्रति यो बैठक विरोध र भ्रत्र्सना गर्दछ’, महासचिव सिपी मैनालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ कानुनी प्रक्रियालाई चुनौती दिनु अराजक चिन्तनको द्योतक हो भने यसले आतंकवादलाई प्रोत्साहित गर्न सक्दछ ।

कसैको धम्कीको दुष्प्रभावमा नपरी आवश्यक छानविन र कानुनी प्रक्रिया अनुसार अघि बढ्न यो बैठक सरकारसँग माग गर्दछ ।’

यस्तै मालेले नेपालस्थित बेलायती राजदूत एण्डी स्पाक्र्सले नयाँ संविधानमा धर्म परिवर्तनको अधिकार सुरक्षित गर्न संविधानसभाका सदस्यहरुलाई खुला पत्र लेखेको विषयमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘धर्म व्यक्तिगत आस्था अनास्थाको विषय हो धनको लोभ देखाएर, छल–प्रपञ्च रचेर र धम्क्याएर धर्म परिवर्तन गराइएका घटनाहरु यत्रतत्र भइरहेको सन्दर्भमा नयाँ संविधानमा त्यसरी धर्मपरिवर्तन गर्ने गराउने कुरा कठोर दण्डनीय बनाउने प्रावधान राखिनु पर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘संविधानसभा र त्यसका सदस्यहरुलाई उक्साउने गरी कुटनीतिक मर्यादा विपरित बेलायती राजदूतको अभिव्यक्तिको यो वैठक विरोध गर्दछ साथै यस्ता खाले अभिव्यक्ति नदिन आग्रह समेत गर्दछ ।’

मालेलेले डिजेल र पेट्रोलको मूल्य घटे पनि यातयातका साधनको भाडादर घटाउनु पर्नेमा सरकार निक्रिय देखिएको भन्दै भाडादर घटाउन माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us