देशभरिका क्याम्पस अगाडि क्रान्तिकारीको प्रदर्शन

काठमाण्डु टुडे २०७१ पुष ६ गते ११:२३ मा प्रकाशित

काठमाण्डु, ६ पुस– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय अनुपातमा नघटाएको भन्दै अखिल क्रान्तिकारीले देशभरिका प्रमुख क्याम्पस अगाडि एक घण्टा चक्काजाम गरेको छ ।

flag of akhil
एमाओवादी निकट विद्यार्थी संगठन क्रान्तिकारीले अन्तराष्ट्रिय मूल्य अनुपातमा नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको भाउ घटाउनुपर्ने, सोही अनुपातमा ढुवानी र गाडी भाडा घटाउनु पर्ने, दैनिक उपभोग्य सामानको मूल्य पनि कम गर्नुपर्ने लगायतका माग राख्दै सरकारविरोधी प्रदर्शन गरेको हो ।

काठमाण्डुमा आरआर क्याम्पस अगाडि क्रान्तिकारीले प्रदर्शन गरेको थियो भने पोखरा, बुटवल, विराटनगर लगायतका सहरहरुमा पनि प्रदर्शन गरेको क्रान्तिकारीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us