
मेलम्ची, ५ पुस–मुलुककै बहुचर्चित तथा राजधानीवासीले लामो सयमदेखि प्रतीक्षा गरेको मेलम्चीको पानी उपत्यकावासीले अझै दुई वर्षयता प्रयोग गर्न पाउने सम्भावना अत्यन्त कठिन देखिएको छ ।
काठमाण्डु उपत्यकाको खानेपानीको अभावलाई दीर्घकालीन रुपमा समाधान गर्ने उद्देश्य राखेर सन् २००० मा सुरु गरिएको मेलम्ची खानेपानी आयोजनाको हालसम्मको औसत प्रगति ३५ प्रतिशतको हाराहारीमात्र पुगेको छ । आयोजना कार्यान्वयनको सन्दर्भमा हालसम्म करिब नौँ किलोमिटर सुरुङ खनिएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाविसस्थित मेलम्ची खोलामा मुहान बनाएर काठमाण्डुको सुन्दरीजलसम्म २६.५ किलोमिटर सुरङमार्फत पानी ल्याउन सन् १९९९ मा अन्तिम रेखाङ्कन गरिएको थियो । त्यसको दुई वर्षपछि आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकले एक सय २० मिलियन डलर लगानी गर्ने गरी ऋण स्वीकृत गरेको थियो ।
विगत १४ वर्षमध्ये आयोजनाको सम्भाव्यता अध्ययन, सडक निर्माण, पूर्वाधार निर्माण, मुआब्जाबापतको क्षतिपूर्ति, सामाजिक उत्थानका कार्यक्रम र अरु पूर्वाधार निर्माणका काममा आधा समय खर्चनुपरेको थियो । आयोजनाले यस अवधिमा आयोजनाको मुहानसम्म पुग्न ६६ किमि सडक र क्याम्प निर्माणका साथै क्षतिपूर्ति र मुआब्जाबापत ८४ करोड ३५ लाख रकम वितरण गरिएको आयोजनाले जनाएको छ । सामाजिक उत्थान कार्यक्रमका लागि आयोजनाले हालसम्म ३६ करोड खर्च गरिसकेको छ ।
पहिलो चरणमा ल्याइन लागेको मेलम्चीको पानीले आगामी सन् २०२० सम्मको उपत्यकाको जनसङ्ख्यालाई धान्ने छ भने तेस्रो आयोजना पूरा भएसँगै उपत्यकाका लागि खानेपानीको दीर्घकालीन समस्या समाधान हुने सरकारले अपेक्षा गरको छ ।
पछिल्लोपटक कोअपरेटिभ मुराटोरी ई सिमेन्टिस्टी दी राभेन्ना इटालीले १०९५ दिन अर्थात् अक्टोबर २०१३ मा काम प्रारम्भ गरेर २०१६ सेप्टेम्बर ३० मा सुरुङको काम सक्ने सम्झौता गरेको छ ।
अहिले दिनको सरदर ३१ मिटरसम्म सुरुङ खनिँदै आएको छ । सुरुङ निर्माणमा बीच–बीचमा भेटिएको कमलो भूभागले पनि केही अड्चन पु¥याएको आयोजनाको भनाइ रहेको छ ।
आयोजनालाई अघि बढाउने पाटोमा पानी प्रशोधन केन्द्र निर्माणका लागि २१ मार्च २०१६ मा काम पूरा गर्ने गरी एमएस भा टिच वावाङ लि प्रतिभा इन्डस्ट्रिज लि जेभीले रु चार अर्ब २० करोडमा ठेक्का लिएर काम गरिरहेको छ ।
सुरुङ निर्माणमा अहिलेको गतिले निरन्तरता पाउन सकेमा तोकिएको मितिमा आयोजना सम्पन्न गर्न सकिने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताउनुभयो । उनले भने, ‘दिनमा सरदर ३१ मिटर सुरुङमा प्रगति भएको छ, यो आयोजनाको समग्र कामको मूल्याङ्कन हेर्ने हो भने ३५ प्रतिशत काम भएको छ, अहिलेसम्म १२ अर्ब खर्च भइसकेको छ, अरु १२ अर्ब जति खर्च लाग्छ जस्तो छ ।’
आयोजनाको स्थलगत अध्ययनपछि संसद् मातहतको विकास समितिका सभापति रवीन्द्र अधिकारीले काठमाण्डुवासी, सरकार र संसद्ले सबैभन्दा चासोका साथ हेरिरहेको मेलम्ची खानेपानी आयोजना मुलुककै सबैभन्दा महत्वपूर्ण आयोजना भएको टिप्पणी गरे ।
त्यसो त आयोजना स्वयम् र ठेकेदार कम्पनीले पनि तोकिएको समयसीमाभित्र जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहे पनि ०७३ वैशाखभित्र मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकाभित्र पु¥याउन निकै चुनौतीपूर्ण र कठिनाइ रहेको स्वीकार गरेका छन् । रासस
उक्त हत्यामा संलग्न भएको भनी ३७ वर्षीया एक आमालाई राती पक्राउ गरिएको र हाल निज केन्र्स बेस अस्पतालमा प्रहरीको सुरक्षामा रहेको गुप्तचर प्रहरी निरीक्षक ब्रुनो एस्निकरले जानकारी दिए ।
प्रहरीले दुई, ११, १२ र १४ वर्षका चार बालिका तथा पाँच, छ, आठ तथा नौँ वर्षका चार बालकको मृत्युभएको पुष्टि गरेको छ । प्रहरीले यी पारिवारिक संस्कृतिको कारण यी बालबालिकाको नाम उल्लेख गर्न नसकिने बताए । यहाँका केही आदिवासी संस्कृतिमा मृतकको नाम भन्नु निजप्रति असम्मान जनाउनु जस्तै हुने ठानिन्छ ।
यसरी पक्राउ परेकी महिला सात बालबालिकाकी आमा तथा १४ वर्षीया बालिकाकी काकी भएको बताइएको छ ।