
काठमाण्डु, ४ पुस– चौतर्फी दबाबपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको शुक्रबारको बैठकले पेट्रोलमा प्रतिलिटर सात तथा डिजेल र मट्टितेलमा पाँच रुपैयाँ ५० पैसा घटाउने निर्णय गरेको हो । मूल्य घटेसँग अब उपभोक्ताले पेट्रोल प्रतिलिटर
अन्तर्राष्ट्रिय बजारमा लगाता १ सय १६ र डिजेल तथा मट्टितेल ९१ रुपैयाँमा किन्न पाउनेछन् । यस्तै हवाई इन्धनको आन्तरिक उडानतर्फ प्रतिलिटर १० रुपैयाँ घटेको छ । खाना पकाउने ग्यासको मूल्य भने घटाइएको छैन ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार गिरावट आइरहेका बेला नेपालमा भने मूल्य समायोजनमा ढिलाइ भएको भन्दै चौतर्फी विरोध भएको थियो ।
प्रधानमन्त्री सुशील कोइरालाले केही दिनअघि आपूर्तिमन्त्री सुनीलबहादुर थापालाई बालुवाटार बोलाएर तत्काल मूल्य घटाउन निर्देशन दिएका थिए ।
निगम प्रवक्ता मुकुन्द घिमिरेले मूल्य समायोजन भएपछि पेट्रोलमा २१ करोड ७९ लाख, डिजेलमा ९ करोड ९२ लाख र मट्टितेलमा ३ करोड ९ लाख मासिक नाफा हुने छ ।