
काठमाण्डु, २० मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ हजारभन्दा बढी ठूला व्यक्तिको सम्पत्ति गोप्य रुपमा अनुसन्धान गरिरहेको जनाएको छ ।
संसदको सुशासन तथा अनुगमन समितिमा अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले समाजमा बढी रवाफ देखाउने र शंकास्पद ठूलबडा व्यक्तिको सम्पत्ति विवरण अनुसन्धान गरिरहेको जानकारी गराएका हुन् ।
उनले त्यस्ता व्यक्तिमा सांसदे पनि पर्ने संकेत गरे ।
‘१ ह्जारभन्दा बढी व्यक्तिको सम्पत्तिको अति गोप्य अनुसन्धान गरिहरेका छौं’, कार्कीले भने, ‘साना साना व्यक्ति समातिए, ठूला उम्किए भन्ने गुनासो आएको छ ।
ठूल्ठूला व्यक्तिको सम्पत्ति विवरण हामीले गोप्य रुपमा अनुसन्धान गरिरहेका छौं, तर उनीहरुको बैंकखातामा ५ सय–हजार रुपैयाँ मात्र छ । भाडमा बसेका छन् । उनीहरुको सम्पत्ति कहाँ छ त ? यसमा तपाईंहरु प्नि पर्न सक्नु हुन्छ होला ।’
समाजका विभिन्न क्षेत्रका १ हजार जनाको सम्पत्ति विवरण अनुसन्धानको दायरामा रहेको उनको भनाइ थियो । कार्कीले यस विषयमा गम्भीर रुपमा अनुसन्धान गरिरहेको भए पनि केही चौनौती देखिएको स्वीकार गरेका छन् ।
‘कुनै पनि शंकास्पद व्यक्तिले आफ्नो नाममा सम्पत्ति राख्ने चलन करिक–करिब समाप्त भएको छ’, कार्कीले भने, ‘त्यो सम्पत्ति कहाँ गयो होला ?
नागिरक दैनिकबाट