
काठमाण्डु, १७ मंसिर– चर्चित नेपाली सिनेमा बलिदानको ‘कोही त भने जहाजमा रहर, कोही त भने पसिना तरर हाम्रो नेपालमा…’ बोलको गीत कम्युनिष्ट कार्याकर्ताबीच निकै लोकप्रिय छ ।
माओवादी नेता–कार्यकर्ताले जनतालाई लडाईंमा जनतालाई आकर्षित गर्नसमेत यो गीत गाउँदै हिंडे । तर, अब जमाना फेरिएको छ ।
एकथरि नेता–कार्यकर्तालाई देखाएर अर्काथरि माओवादी कार्यकर्ताले गाउन थालेका छन्, कोही त भने…।’ आइतबार एमाओवादी सचिव टोपबहादुर राय
माझीले ५ सय बढी जन्ती बोलाएर छोराको बिहे गरिरहँदा प्यूठानका एमाओवादी कार्यकर्ता रमन थापा भने विदेश जाने नाममा म्यान पावरले ठगेको भन्दै कहिले श्रम विभाग र कहिले प्रहरी कार्यालयतिर हारगुहार गर्दै थिए ।
टोपबहादुर भौतिक योजना योजना र शान्तिमन्त्री बन्दा भ्रष्टाचार गरेबापत चरम विवामा तानिए ।
उनी लेनिन विष्टसँग मिलेर शान्ति मन्त्रालयबाट अयोग्य लठाकुलाई दिइएको रकम बाँड्न खोज्दा विष्टले मन्त्री निवासबाटै गाडी लिई फरार भएको काण्डमा समेत मुछिए ।
छोराको बिहेमा भारु नोटको माला लगाउने उनी आफू रामनामी ओढेर सार्वजनिक भएपछि थप विवादित बनेका छन् ।
भट्टराईका अर्कानिकट सहयोगी देवेन्द्र पौडेल लडाइँकालमै पोखराको सुनकाण्ड र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भएका बेला छोरीको जन्मदिनमा सिंगापुर घुमाउने र रातो कार उपहार दिने कामबाट चर्चित भएका थिए भने निजी सहयोगी विश्वदीप पाण्डे बिहेमा हेलिकोप्टर चार्टर र १५ सय बढीलाई भोज खुवाएर चर्चित बने ।
अर्का कार्यकर्ता शिव कोइराला ‘ज्वाला’ ले त प्रचण्डलाई समेत चक्मा दिएर एकैदिन तीनथरि बिहे र भोज आयोजना गर्न सफल भए ।
जनआस्था साप्ताहिकबाट