अन्तरजातीय विवाह गर्ने जोडीको माइती पक्षद्वारा क्रुर हत्या

काठमाण्डु टुडे २०७१ मंसिर १४ गते २:४५ मा प्रकाशित

hatyaएजेन्सी– भारतको उत्तर प्रदेश राज्यको कुसचेर चौपला गाउँमा अन्तरजातीय विवाह गर्ने एक जोडीको माइती पक्षले हत्या गरेको छ ।

परिवारको सहमतिबिना बिहे गरेको भन्दै उक्त जोडीको घाँटी रेटेर हत्या भएको छ ।

फरक जातका सोनु र दानसिताले दुई महिना पहिले कोर्ट म्यारिज गरेको थिए । शुक्रबार बसेको गाउँ पञ्चायतले उनीहरुलाई छुट्टिएर बस्न आदेश दिएको थियो ।

प्रहरीका अनुसार सँगै घर भएका केटीका माइतीले सोनुको आँगनमै उनको घाँटी रेटेर हत्या गरेका थिए ।
घाँटीमा काटिएका श्रीमान आँगनमा कराएर छट्पटिएपछि रुँदै बाहिर निस्केकी  दानसिताले बचाउन खोज्दा उनलाई पनि मारिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us