
काठमाण्डु, १३ मंसिर– इजिप्टको अदालतले पूर्वराष्ट्रपति होस्नी मुवारकलाई सफाइ दिएको छ ।
बहुप्रतिक्षित मुद्धामा शनिबार अन्तिम फैसला गर्दै त्यहाँको उच्च अदालतले उनलाई सफाइ दिएको हो । सरकारीविरोधी प्रर्दशन दबाउन सेनालाई गोली हान्ने आदेश दिएको आरोप उनीमाथि थियो ।
शक्तिको दुरुपयोग गरेर हजारौं निर्दोष सर्वसाधारणको ज्यान गएको आरोप लगाइएको थियो ।
अदालतले मुवारकलाई भष्ट्रचारसम्बन्धी मुद्धामा पनि सफाइ दिएको छ । इजिष्टमा ३० वर्षसम्म एकछत्र शासन गरेका मुवारक सन् २०११ मा भएको विद्रोहपछि सत्ताच्युत भएका थिए ।
यसअघि उनलाई अदालतल सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको अभियोगमा दोषी ठहर गर्दै तीन वर्षको जेल सजायँ सुनाएको थियो ।
त्यतिबेला उनलाई ३० लाख डलर जरिवाना र हिनामिना गरेको भनिएको १ करोड ७६ लाख डलर फिर्ता गर्न अदालतले भनेको थियो ।