सार्कका भीआईपी सभागृहमा, श्रीमतीहरु दरबारमा

काठमाण्डु टुडे २०७१ मंसिर ६ गते २:२५ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर– नेपाल आएकै दिन सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको घुमघामको कार्यक्रम तय भएको छ ।

श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, र भुटानका प्रधानमन्त्री छिरिङ टोब्गेको भ्रमण तथा भएको छ ।

भारतीय प्रधानमन्त्री मोदी पाटन घुम्न जाने कार्यक्रम बनेको छ । मोदी पाटन दरबार, संग्राहालय तथा कृष्ण मन्दिर घुम्ने कार्यक्रम छ ।

जनकपुर हुँदै आए पनि वा दिल्लीबाट सीधै आए पनि उनको पाटन जाने कार्यक्रम संशोधन भएको छैन । ९ मंसिरको दिउँसो काठमाण्डु आएपछि उनी सोल्टी होटलमा केही समय आरामा गर्नेछन् ।

यस्तै श्रीलंकाका राष्ट्रपति राजापाक्षे ९ मंसिरमै त्रिभुवन विमानस्थलमा झरेलगत्तै त्यहींबाट लुम्बिनी जानेछन् । उनको टिमले लुम्बिनीमा नै लञ्च गर्ने र बेलुका फर्कने कार्यक्रम छ ।

राजापाक्षेको टोलीमा ८० जना हुनेछन् । जसमा पाँचजना उनका निजी चिकित्सक मात्र हुने बताइएको छ ।

यस्तै भुटानका प्रधानमन्त्री छिरिङ टोब्गेको ९ मंसिरमै स्वयम्भू, बौद्ध र पशुपति मन्दिर घुम्ने कार्यक्रम छ ।

अन्य देशका राष्ट्र तथा सरकार प्रमुखहरुको अनौपचारिक कार्यक्रम तय भएको छैन ।

भारतीय प्रधानन्त्री मोदी पशुपतिनाथ मन्दिर गर्न जाने सम्भावना छ । सार्कका सरकार तथा राष्ट्र प्रमुख नौ मंसिरमा आइपुग्नेछन् ।

प्रथम महिलाहरुलाई भने भक्तपुर घुमाइने भएको छ । सरकारले सार्क सम्मेलनमा आउने प्रथम महिला तथा उनका परिवारलाई भक्तपुर दरबार घुमाउने भएको हो ।

स्रोतका अनुसार ११ मंसिरमा उनीहरुलाई न्यातपोल होटलमा चिया र कुकिज खुवाउने कार्यक्रम रहेको छ । प्रथम महिला र राष्ट्र प्रमुखका परिवारलाई पनि सरकारले भीआईपीसरह सुरक्षा दिनेछ ।

उनीहरुका लागि नेपाली सेनाका पिएसओ खटिनेछन् । नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us