ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

काठमाण्डु टुडे २०७० असोज १४ गते ६:२० मा प्रकाशित

नेपालगन्ज, १४ असोज–प्रतिबन्धित लागुपदार्थ ब्राउनसुगर तस्करी गर्ने भारतीय नागरिकलाई बाँके प्रहरीले सोमबार प्रक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतीय नागरिक राजा अहमदलाई पक्राउ गरेको हो ।

उनको साथबाट पाँच ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । उनीमाथि लागुपदार्थ ऐनअन्तर्गत मुद्दा दर्ताको प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक प्रेम बस्नेतले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us