
काठमाण्डु, ३ मंसिर–नायिका केकी अधिकारीको परिवारको घर लिलाम गर्न सूचना बैंकले जारी गरेको छ ।
केकीका बुबा एवं फिल्म निर्देशक बद्री अधिकारी र आमा लक्ष्मी अधिकारीले ‘सिभिल बैंक’बाट लिएको रकब चुक्ता गर्न नसक्दा घर लिलाम गर्ने चेतावनीसहित बैंकले सूचना निकालेको छ । मंगलबार केकी र उनका बुबाआमासहितको तस्बिरसहितको सूचना प्रकाशित गर्दै ऋण चुक्ता गर्न ३५ दिने म्याद दिएको छ ।
केकीकी आमा लक्ष्मी अधिकारीका नाममा रहेको काठमाण्डु जिल्ला जोरपाटी गाविस वडा नम्बर ६ सिट नक्बर २२२ र ५३ वर्गमिटर क्षेत्रफलमा फैलिएको जग्गा र सोही जग्गामा बनेको घर धितो राखी अधिकारी परिवारले बैंकबाट ऋण लिएको थियो ।
ऋण लिने क्रममा नायिका केकी अधिकारी जमानतमा बसेकी थिइन । ऋण समयमै चुक्ता नगरे कालोसूचीमा राख्ने बैंकले जनाएको छ ।
जनसवाल दैनिकबाट