साढे ६१ लाख नेपाली गरिब

काठमाण्डु टुडे २०७१ मंसिर १ गते २:२२ मा प्रकाशित

काठमाण्डु, १ मंसिर– गरिबीको रेखामुनि करिब साढे ६१ लाख नेपाली छन् । उनीहरुलाई यस वर्षदेखि परिचयपत्र वितरण सुरु गरिँदै छ । चालु वर्षमा २५ जिल्लाका गरिबलाई परिचयपत्र वितरण गरिने भएको छ ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या ६१ लाख ४७ हजार ८ सय ७५ छ । यो कुल जनसंख्याको २३.८ प्रतिशत हो । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ छ ।

संख्याका आधारमा सबैभन्दा धेरै गरिब रौतहटमा रहेका छन् । रौतहटमा २ लाख २७ हजार गरिब रहेको तथ्यांक छ । यसमध्ये विषम परिस्थितमा ५६ हजार ८ सय ६० र गहन समस्यामा २० हजार १ सय ८९ गरिब छन् । सो जिल्लाको कुल जनसंख्या ६ लाख ८६ हजार ७ सय २३ छ ।

संख्याका आधारमा सबैभन्दा कम गरिब मनाङमा छन् । ६ अजार ५ सय ३८ जनसंख्या रहेको मनाङमा २ हजार १ सय ५० जना गरिब रहेका छन् । विषम गरिबको संख्या ६ सय ४६ र गहन गरिबको संख्या २ सय ४९ छ ।

चालु वर्षमा परिचयपत्र बाँडिने जिल्लामा अछाम, बझाङ, बाजुरा, कैलाली, हुम्ला, मुगु, डोल्पा, कालिकोट, जाजरकोट, बर्दिया, रुकुम, प्युठान, अर्घखाँची, कपिलवस्तु, तनहुँ, बाग्लुङ, गोरखा, रामेछाप, सिन्धुली, रौतहट, सिरहा, खोटाङ र

भोजपुर रहेको छन् ।

नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us