दिल्लीमा ज्ञानेन्द्रले भने, ‘मलाई सन्चै छ, देशलाई सन्चो छैन’

काठमाण्डु टुडे २०७१ मंसिर १ गते १:५९ मा प्रकाशित

ganendraकाठमाण्डु, १ मंसिर– ‘मलाई सन्चै छ तर देशलाई सन्चो छैन’ यो भनाइ पूर्वराजा ज्ञानेन्द्र शाहको हो । नयाँ दिल्लीस्थित लीला प्यालेसमा हिन्दुवादीले आयोजना गरेको स्वागत कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रले सबै हिन्दुलाई एक हुन आग्रह गर्दै देशलाई स्वस्थ बनाउन सबै एक हुनु पर्ने बताएका थिए ।

भारतमा गठन गर्न लागिएको भारत–नेपाल हिन्दु एकता मञ्चले पूर्वराजालाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा ज्ञानेन्द्रले भनेका थिए –‘मलाई केही भएको छैन, पूर्ण रुपमा सन्चो छु । तर, अस्वस्थ भएको देशलाई सबै नेपाली बचाउन आवश्यक छ । ’ भारतमा पुग्नासाथ मञ्चका पदाधिकारीसँग भेट गर्ने क्रममा पूर्वराजाले सबैले मुलुकको बारेमा सोच्नु पर्ने बताएका थिए ।

‘नयाँ दिल्ली पुग्नासाथ हामाीले नेपालका पूर्वराजालाई स्वागत गरेका थियौं’ भारत–नेपाल हिन्दु एकता मञ्चका सागर ढुङ्गेलले भने, ‘नेपालमा हिन्दु राज्य पुनःस्थापना गर्न पुर्वराजालाई आग्रह गरेका थियौं ।’

नौ दिनको भारत बसाइका क्रममा पूर्वराजाले केही राजनीतिक व्यक्तित्वसँग पनि भेट गरेको स्रोतले जनाएको छ ।

नेपाल समचारपत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us